नक्शा नामासारी |
१. जग्गा धनी प्रमाण पत्र लालपूर्जाको प्रतिलिपी
२.
क) चालु आर्थिक बर्षको मालपोत तिरेको रसिद प्रतिलिपी
ख) नागरिकता प्रमाण पत्रको प्रतिलिपी
ग) नामासारी निवेदन
घ) कित्ता नं. समेत प्रष्ट भएको नापी नक्साको सक्कल
३. मन्जुरी लिई नामासारी गर्नु पर्ने भएमाः
क) जग्गा धनीले मन्जुरी दिएको मन्जुरीनामा सक्कल -नक्सा शाखाको रोहवरमा सनाखत हुनु पर्ने छ ।
ख) मन्जुरी लिने दिने व्यक्तिको नागरिकता प्रतिलिपी
ग) वारिस भएमा वारिसको नागरिकता प्रतिलिपी
घ) मन्जुरीनामा र वारिसनामा पत्रको अक्षर र औंठा छाप कालो मसीबाट नेपाली कागजमानै पेश गर्नु पर्ने ।
४. साविक कित्ताबाट भएको खण्डमा ल.पु.मा.पा.का. बाट श्रेस्ता उतार गरि पेश गर्नुपर्दछ ।
५. नक्सा नामसारी गर्नको लागि ल.पु.मा.पो.का.को रजिष्ट्रेशन तमसूकमा घर जग्गाको व्यहोरा देखिएमा मात्र नक्सा नामसारी गर्नेछ ।
६. ल.पु.मा.पो.को. बाट रजिष्ट्रेशन, तमसूक पास मितिले ३५ दिन नाघे पछि मात्र नामसारी गर्नेछ ।
७. ल.पु.मा.पा.का. बाट रजिष्टे्रशन, तमसूक पासतह, तह भएको खण्डमा सोही अनुसार सम्पूर्ण रजिष्ट्रेशन, तमसूक पास भएको कागजात पत्रहरु पेश गर्नुपर्नेछ ।
८. नक्सावालाको मृत्यु भएको अवस्थामा-
क)मृत्युदर्ताको प्रमाण पत्र प्रतिलिपी १
ख) नाता प्रमाणित प्रमाण पत्रको प्रतिलिपी १
ग) ल.पु.मा.पा.का. बाट ज.ध.द.प्र. पुर्जाको तयारी गरिएको टिप्पणी र आदेश पत्रको प्रतिलिपी १
९. नक्सा नामसारी गर्ने सक्कल
क) नक्सा, नक्सापास प्रमाण - पत्र / प्रति व्यक्ति फोटो २
ख) निर्मार्ण सम्पन्न प्रमाण - पत्र/ प्रति व्यक्ति फोटो २ प्रति
१०. नामसारीको लागि माथि उल्लेखित सक्कल कागजातपत्रहरु सम्वन्धित कर्मचारी -व्यक्ति) लाई अनिवार्य रुपले देखाउनु पर्नेछ ।
प्रति व्यक्ति फोटो २ प्रति
११. नामसारीको लागि माथि उल्लेखित सक्कल कागजातपत्रहरु सम्वन्धित कर्मचारी -व्यक्ति) लाई अनिवार्य रुपले देखाउनु पर्नेछ । |
पैत्रिक सम्पत्तिको हकमा प्रति ब.फु. रु २/- र अन्यको हकमा प्रति ब.फु. रु ५/- |
माथि उल्लेखित आवश्यक कागजात पत्रहरु निवेदन साथ संलग्न भएमा सोको छानविन गरि रीत पुगेको भए ७ सात दिन भित्र नामसारी गर्न सक्नेछ । अन्यथा रीत नपुगेको निवेदन कारवाही गरिने छैन । |