खाेिज  
 
डाउनलोड
 
 
  नगर परिचय
  ललितपुर उपमहानगरपालिका
  सांगठनिक बनोट
  कार्यकारी अधिकृतको सन्देश
  सामूदायिक विकास
  वडा प्रोफाइल
  नागिरक वडापत्र
  नक्सा
  ऐतिहासिक तथा विश्व सम्पदास्थल
  न्यूज बुलेटीन
Picture Gallery
 
सामुदायिक विकास

स्थानीय जनसहभागीताको माध्यमबाट मात्र कुनै पनि बिकास कार्यक्रमहरु दिगो र उक्त समुदायको बिकास हुने तथ्यलाई सकार्दै ललितपुर उप-महानगरपालिकाले २०५० सालदेखि सामुदायिक बिकास शाखाको स्थापना गरी बिभिन्न सामुदायिक बिकास कार्यक्रमहरु संचालन गर्दै आईरहेको छ। यो कार्यक्रम बिशेष गरि ललितपुर उप-महानगरपालिका क्षेत्र भित्रका बेरोजगार, निम्न आय भएका, सेवा सुबिधाबाट बन्चित, पिछडिएका र जोखिमपर्ण जीवन बिताईरहेका महिला तथा बाल बालिकिहरुको लागी लागु गरिएको हो।

कार्यक्रमका उद्देश्यहरु

  • सामुदायिक समूहहरु गठन गर्ने र ति समूहहरुलाई तालिम दिने। सामुदायिक समूहहरुलाई बिकास क्रियाकलापहरुको पहिचान, योजना तर्जुमा, कार्यान्वयन र व्यवस्थापन गर्न सक्षम बनाउने।
  • नगर बिकासको लागी समुदायले खेल्नु पर्ने भूमिका तथा समुदायको जिम्मेवारी वारेमा समुदायका सदस्यहरुमा जनचेतना जगाउने।
  • महिला शशक्तिकरणको लागी बिभिन्न कार्यक्रमहरु संचालन गर्ने।
  • बाल क्षमता अभिवृद्धि गर्न बिभिन्न कार्यक्रमहरु संचालन गर्ने।
  • नगरवासीको स्वास्थ्य सुधारको लागि स्वास्थ्य र सरसफाई वारेमा जनचेतना जगाउने।
  • बाल मृत्युदर तथा मातृ मृत्युदर कम गर्न मातृशिशु स्वास्थ्य सेवा उपलव्ध गराउने।
  • नगरवासीलाई आधारभूत स्वास्थ्य सेवा उपलव्ध गराउने।

ललितपुर उप-महानगरपालिकाले सामूदायिक विकास शाखा मार्फ देहाय बमोजिमका  सामूदायिक विकास कृयाकलापहरु संचालन गर्दै आएको
             
. सामूदायिक समूह गठन तथा परिचालनः
महिलाहरुलाई आर्थिक कृयाकलापमा संलग्न गर्राई सवल, सक्षम र आत्म निर्भर बनाउन २०५४ साल देखि महिला समूहहरु (मा पुचः) गठन गरी बचत संकलन तथा परिचालन गर्ने गरिएको छ । यसरी संकलन गरिएको बचत रकम समूह भित्रकै सदस्यलाई ऋण प्रवाह गरी यसबाट सानो तिनो व्यवसाय संचालन गर्ने गरेका छन् ।
                

  • महिला बचत समूह संख्या (हाल)    ४५
  • समूहका सदस्य संख्या            १७००
  • कूल वचत रकम                रु. ४२,००,०००/- -करिव)

. सीप विकास तालिमः
महिलाहरुलाई स्वरोजगारको माध्यमबाट आर्थिक रुपले सक्षम बनाई आत्म निर्भर बनाउन २०५० साल देखि विभिन्न सिपमूलक तालिम प्रदान गर्ने गरिएको छ । ती तालिमहरु यस प्रकार रहेका छन् ।

  • साधारण सिलाई
  • स्पेशल सिलाई
  • वुनाई
  • केशश्रृङ्गार
  • खाद्य प्रशोधन
  • वेकरी
  • हाते इव्रोईडरी
  • कम्प्युटर
  • अगरवत्ती/धुप
  • मैनवत्ती
  • फूल तथा खेलौना
  • साबुन वनाउने
  • च्याउ खेती
  • फ्लोरी कल्चर
  • फेब्रिक पेन्टिङ्ग झोला बनाउने     

यसरी तालिम प्राप्त महीलाहरुलाई पेशागत र व्यावसायिक रुपमा अगाडी बढाउन उद्यमी महिलाहरु द्वारा उत्पादित तथा संकलित सामग्रीहरुलाई बजारसम्म पुर्याउनु सहयोग गर्ने उद्देश्यले समय समयमा हुने विभिन्न प्रदर्शनी  तथा मेलामा ललितपुर उप-महानगरपालिकाले त्यस्ता सामाग्रीहरु प्रदर्शनी तथा विक्री गर्न सहयोग गर्दछ । यसरी हाल सम्म सीप विकास तालिम प्राप्त महिलाहरुको संख्या ६३५० पुगेको छ ।

. वाल प्रतिभा विकास कार्यक्रमः
वालवालिकाहरुको प्रतिभा र क्षमता विकास गर्नको लागि र वाल वालिकालाई आफ्नो खेर गएको समय सृजनात्मक र सामूदायिक कार्यमा लगाउने उद्देश्यले वाल समूह -मचा पुचः) गठन गरी परिचालन गरिएको छ । हाल सम्म २५ वटा वाल समूहहरुमा लगभग ४०० सदस्य संख्या आवद्ध भई कार्यरत छन् । वाल समूह परिचालनका लागि वाल समूहकै सकृयतामा निम्न कार्यक्रमहरु संचालन गर्ने गरिएको छ ।

  • चित्रकला प्रतियोगिता
  • वक्तृत्वकला प्रतियोगिता
  • हाजिरी जवाफ प्रतियोगिता
  • हिज्जे प्रतियोगिता
  • नृत्य प्रतियोगिता
  • संगीत प्रतियोगिता
  • नाटक प्रतियोगिता
  • व्याटमिण्टन प्रतियोगिता
  • वातावरण सरसफाई कार्यक्रम

. क्षमता अभिवृद्धि कार्यक्रम
सामूदायिक विकास कृयाकलाप अर्न्तगत गठित विभिन्न समूह तथा समितिको संस्थागत क्षमता विकास तथा व्यक्तित्व विकास गर्ने उद्देश्यले वि.सं. २०५० साल देखि समूहको आवश्यक्ता र माग अनुसार देहाय बमोजिमका विभिन्न किसिमका क्षमता अभिवृद्धि तालिम प्रदान गरिन्छ ।

  • वक्तृत्व विकास तालिम
  • नेतृत्व विकास तालिम
  • उद्घोषण तालिम
  • वचत तथा ऋण आधारभूत तालिम  
  • उद्यमशील विकास तालिम
  • समूह व्यवस्थापन तालिम
  • वाल अधिकार
  • महिला सशक्तिकरण     

हालसम्म यस्तो क्षमता अभिवृद्धि तालिम लगभग ३००० जनालाई प्रदान गरि सकिएको छ ।

. फोहर मैला व्यवस्थापन तथा न्यूनिकरण कार्यक्रम
ललितपुर नगर क्षेत्र भित्रका प्रत्येक घरवाट उत्पादन हुने फोहर मैलालाई न्यूनिकरण गर्न र व्यक्ति वानी व्यहोरामा परिवर्तन गरी सुधार ल्याउन व्यापक जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले समुदायमा गठित विभिन्न महिला समूहहरुलाई फोहर मैला न्यूनिकरण, पुनःप्रयोग र कच्चा पदार्थको रुपमा पुनःप्रयोग (3R= Reduce, Reuse and Recycle) बारे तालिम दिई फोहर मैलाबाट कम्पोष्ट मल बनाउन प्रोत्साहन गर्ने गरिएको छ । हाल सम्म नगर भित्र ६०० कम्पोष्ट वीन वितरण गरिसकिएको छ ।

. अनौपचारिक शिक्षा कार्यक्रम
समूदायमा गठित विभिन्न महिला तथा वाल समूहहरुमा देहाय वमोजिको अनौपचारिक शिक्षा कार्यक्रम संचालन गर्ने गरिएको छ ।

  • वाल कक्षा
  • प्रौढ साक्षरता कक्षा - ६ महिने
  • साक्षरोत्तर कक्षा - ४ महिने
  • वाल विकास केन्द्र - ४ वटा (३-५ वर्षउमेर समूहका)

             
. गरिवी निवारण कार्यक्रमः

  • वचत संकलन तथा ऋण प्रवाह कार्यक्रम
  • सीप विकास तालिम
  • अनौपचारिक शिक्षा

यी माथि उल्लेखित कार्यक्रमहरु संचालन गरी स्व रोजगारको माध्यमबाट आय आर्जन गरी गरिवी निवारणमा सहयोग पुर्‍याउने प्रयत्न गरिएको छ ।

. जनजागरण कार्यक्रम
समूदायको माग र आवश्यक्ता अनुसार समूदाय संग समसामयिक विषयहरु  वारे सुसूचित गराउने उद्देश्यले देहायका विषयहरुमा जनचेतना अभिवृद्धि गर्ने कार्यक्रम सञ्चालन गरिदै आएको छ ।

  • फोहर मैला न्यूनिकरण
  • वाल अधिकार
  • वालयौन शोषण नियन्त्रण
  • स्वास्थ्य शिक्षा (प्राथमिक उपचार)
  • कानूनी शिक्षा
  • घरेलु वाल श्रम
  • व्यक्तिगत घटना दर्त

माथी

 
Copyright © Lalitpur Sub-Metropolitan City Office, Nepal 2006-2007. All Rights Reserved.
खोजी मुख्य पृष्ठ