| |
|
| नक्सा पास प्रकृया |
 |
 |
नक्सा दरखास्त लिई सकेपछि नक्सा शाखाबाट गरिने ३५ दिने प्रकृयाहरु
- नक्सा दरखास्तको लागी अमिनबाट जी. एल. डि प्रस्तावित बाटो छ/छैन छुट्याई प्रतिवेदन २ धण्टा भित्र दिनेछ।
- इन्जिनियरबाट नक्सा चेकको लागी जु.इ. को लागी तोकआदेश १ घण्टा भित्र गरीनेछ।
- जु.इ.बाट नक्सा चेक ३ घण्टा भित्र नै गरीनेछ।
- प्रशासन कर्मचारीबाट कागज पत्र रित पुगेको नपुगेको आदि जाँच ३ घण्टा भित्र गरीनेछ।
- नक्सा कर तथा धरौटी बापत लाग्ने दस्तुर १ घण्टा भित्र कर शाखामा बुझाउन सकिनेछ।
- उल्लेखीत सम्पूर्ण कागजातहरु इन्जिनियर तथा प्रशासनिक कर्मचारीबाट जाँच गरी दर्ताको लागी सिफारीस भएपछि एक घण्टा भित्र कार्यलयमा दर्ता गरीनेछ।
- कार्यलयमा नक्सा दर्ता भै सकेपछि नक्सा मुल दर्ता १ घण्टा भित्र गरीनेछ।
- मुलदर्ताकोलगतैर्सजमिनकोलागीनक्सावालालाईतारिखदिईनेछ।
- नक्सावाला वा वारीसलाई म्याद टाँसको लागी वडामा म्याद टाँस मुचुल्का सुचना तथा १ प्रति नक्सा सहित बुझाउन पठाईने छ।
- वडा बाट म्याद टाँस कार्य सम्पन्न भए पछि कम्तीमा १८ दिन पछि सर्जमिन मुचुल्का गर्ने कार्य गरीनेछ।
- सर्जमिन मुचुल्कामा वडा अध्यक्षज्युबाट सही भए पछि १ हप्ता भित्र प्राविधिक प्रतिवेदन पेश गरीने छ।
- नक्सा दरखास्त तथा अन्य सक्कल कागजातहरु अन्तिम पटक जाँच गरी प्रशासनीक कर्मचारीबाट रुजु सही हुनु पर्ने कार्य १ दिन भित्र समाप्त गरीने छ।
- इन्जिनियबाट सम्पर्ण प्राविधिक तथा प्रशासनीक कागजातपत्रहरु जाँच गरी सचिवज्यु समेतको सही भए पछि प्रमुखज्यु समक्ष दरखास्तको लागी पेश गर्न एक हप्ता लाग्ने छ।
- प्रमुखज्युबाट सम्पर्ण मिसिल हप्ताको एक दिन सही गर्ने हुने छ।
- प्रमुखज्यू बाट सही भई सकेपछि नक्सा पास पुर्जी सोही दिन भित्र दिईने छ।
- नक्शा पास पुर्जी नलिई निर्माण गरेको कार्यालयवाट खटिगएको कर्मचारीले फेलापारेमा निर्माण सामाग्री जफत गर्न सकिनेछ।
- सार्वजनिक स्थलमा विना स्वीकृति निर्माण सामाग्री राखेको फेला परेमा सम्पुर्ण सामाग्री उठाई ल्याउन सकिने छ।
|
|