खाेिज  
 
डाउनलोड
 
 
  नगर परिचय
  ललितपुर उपमहानगरपालिका
  सांगठनिक बनोट
  कार्यकारी अधिकृतको सन्देश
  सामूदायिक विकास
  वडा प्रोफाइल
  नागिरक वडापत्र
  नक्सा
  ऐतिहासिक तथा विश्व सम्पदास्थल
  न्यूज बुलेटीन
Picture Gallery
 
भूकम्प सूरक्षा

२०५९ माघ २ गते देखि ललितपुर नगर क्षेत्रमा नेपाल सरकारद्वारा स्वीकृत राष्ट्रिय भवन निर्माण संहिता( (National Building Code ) नेपाल अधिराज्यमै सबैभन्दा पहिले ल.पु.उ.म.न.पा.द्वारा लागु गरिएको छ ।
राष्ट्रिय भवन निर्माण संहिता अनुसार भूकम्प सूरक्षात्मक प्रविधि अवलम्बन गरी बनाइएको नक्सा बमोजिम मात्र भवन निर्माण गर्ने गरी नक्सा स्विकृत गर्ने प्रणाली लागू गरिएको छ ।
भूकम्पबाट हुन सक्ने क्षतिलाई न्यूनिकरण गर्न र जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले निम्न व्यक्तिहरुलाई भूकम्प सूरक्षात्मक प्रविधिबारे प्रशिक्षण दिईएको ।

  • नक्सा बनाउने डिजाइनर
  • भवन निर्माण गर्ने डकर्मी
  • न.पा.का प्राविधिक कर्मचारी

भूकम्प सूरक्षात्मक प्रविधिबारे जनचेतना अभिबृद्धि गर्ने उद्देश्यले निम्न व्यक्तिहरुलाई भूकम्प सूरक्षात्मक प्रविधिबारे नियमित रुपमा जानकारी  Orientation प्रदान गर्ने गरिएको ।

  • घर निर्माण गर्नचाहने घरधनीहरु
  • विभिन्न विद्यालयका विद्यार्थीहरु
  • जनप्रतिनिधिहरु

भूकम्प सूरक्षात्मक प्रविधि सम्बन्धि जानकारी मूलक अध्ययन सामग्रीहरु Publications को प्रकाशन र प्रचार प्रसार गर्ने गरिएको ।
भूगर्भविदहरुका अनुसार नेपाल भूकम्पिय सम्बेदनशील क्षेत्रमा पर्दछ ।
प्रत्येक ८०-९० वर्षो अन्तरालमा नेपालमा ठूलो भूकम्प आउने सम्भावना रहेको ।
१९९० साल माघ २ गते गएको महाभूकम्पमा परी दिवंगत हुनेहरुको संस्मरण गर्दै भूकम्पबाट सचेत रहन जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले नेपाल सरकारको निर्णयानुसार २०५५ साल देखि प्रत्येक वर्षमाघ २ गतेको दिनलाई भूकम्प सुरक्षा दिवसको रुपमा मनाउने गरिएको ।
उपत्यकाका तिनवटै नगरपालिकाहरुले प्रत्येक वर्षपालै पालो गरी भूकम्प सूरक्षा दिवस राष्ट्रिय कार्यक्रमको आयोजना गर्ने  व्यवस्था रहेको 

प्रकोप नियन्त्रण तर्फ-भूकम्प,बाढी पहिरो, आगलागि

  • नगरप्रमुखको अध्यक्षतामा नगर स्तरीय प्रकोप व्यवस्थापन समिति गठन गरिएको छ ।
  • सानेपा र गावहालमा उद्धार सामाग्री भएको २ वटा कन्टेनर राखिएको छ ।
  • यसका लागि स्वयं सेवक छनौट गरी तालिम दिने कार्यक्रम रहेको
  • Red Cross Society  को पहलमा वडा नं. ७, ९, १६हरुमा वडा स्तरीय प्रकोप व्यवस्थापन उप-समिति गठन भएको छ ।
  • उपकरण प्राप्त भएको छ ।
  • स्वयं सेवक छनौट गरी तालिम प्रदान गरिएको छ ।

माथी

 
Copyright © Lalitpur Sub-Metropolitan City Office, Nepal 2006-2007. All Rights Reserved.
खोजी मुख्य पृष्ठ