ललितपुर उप-महानगरपालिका क्षेत्रका वासीन्दाहरुलाई स्वास्थ्य सम्बन्धि जनचेतना अभिवृद्धि गरी आधारभूत स्वास्थ्य सेवा उपलव्ध गराउन यस ललितपुर उप-महानगरपालिकाले यल शहरी स्वास्थ्य कार्यक्रम (YUHP) संगको सहयोगमा र समन्वयमा वि.सं. २०५६ सालदेखि सामूदायिक विकास शाखा मार्फ विभिन्न वडाहरुमा मातृशिशु स्वास्थ्य क्लिनिक (THP) स्थापन गरी सस्तो, सुलभ र गुणस्तरिय आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउने कार्यको शुभारम्भ गर्यो । सोही वर्षदेखि ललितपुर उप-महानगरपालिकाले विकेन्द्रीकृत सामूदायिक स्वास्थ्य कार्यक्रमको अवधारणा अनुरुप २२ सै वडामा वडा स्वास्थ्य कार्यान्वयन समिति (WHC) गठन गरी टोल स्वास्थ्य उत्प्रेरक (THP) हरुको छनौट गरी तालिम दिने कार्यको पनि शुभारम्भ गर्यो । समयको माग र आवश्यक्ता अनुरुप नगरवासीहरुलाई गुणस्तरीय र भरपर्दो स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले २०६१ बैशाख देखि छुट्टै जनस्वास्थ्य शाखाको स्थापना गरी विभिन्न जनस्वास्थ्य सम्बन्धि कार्यक्रमहरुलाई प्रभावकारी रुपले संचालन गर्ने कार्य हुंदै आएको छ ।
- २२ सै वडामा स्वास्थ्य कार्यान्वयन समिति
- हाल १७ वडामा १९ वटा क्लिनिकहरु संचालनमा रहेको
- वडा नं २१ मा जनरल क्लिनिक संचालन भएको
- तालिम प्राप्त THP र WIC हरु करिव ७०० जना
प्रदान गरिने सेवाहरु
१. (MCH Clinic-नियमित)
क. गर्भवती महिला तथा प्रसुती सेवा
ख. ५ वर्षमुनीका वालवालिकालाई स्वास्थ्य सेवा
ग. खोप सेवा
घ. स्वास्थ्य परामर्श सेवा
ङ. प्रेषण (Referral)
२. जनरल क्लिनिक
३. परिवारनियोजन सेवा
४. पोलियो कार्यक्रम - वर्षको दुइ पटक
५. भीटामिन "ए" कार्यक्रम - वर्षको दुइ पटक
६. तालिम कार्यक्रम THP र WIC
७. विभिन्न स्वास्थ्य शिविर र पर्दनी
८. घुम्ति स्वास्थ्य शिविर
९.. पोषण कार्यक्रम
१० क्षयरोग कार्यक्रम
११. HIV AIDS स्वेच्छिक परामर्श केन्द्र
१२. विद्यालय स्वास्थ्य शिक्षा कार्यक्रम
१३. सुडेनी परिचालन तथा सहजीकरण -४५ जना)
१४. अन्तरक्रिया कार्यक्रम –WHC, THP, स्वास्थ्य शाखा, YUHP, सरकारी तथा गै.स.सं.हरु विच
|